टीकापुर काण्डका दोषीले पोखराबाट छुटेपछि भने: –‘थारुको बच्चालाई निर्घात कुटेर फँसाइयो’

पाेखरा | असोज ३, २०८०

टीकापुर काण्डका दोषीले पोखराबाट छुटेपछि भने: –‘थारुको बच्चालाई निर्घात कुटेर फँसाइयो’

पाेखरा:  ०७२ भदौ ७ गते टीकापुर घटनामा मुछिएका श्रवणकुमार चौधरी आज संविधान दिवसको अवसरमा पोखराबाट थुनामुक्त भएका छन् । 

 

घटनाका दौरान ९ कक्षामा अध्ययनरत चौधरी १५ वर्षमात्र भएकाले उनलाई पोखराको बालसुधार गृह ल्याइएको थियो । उनै चौधरी थुनामुक्त भई आजै काठमाण्डौं हुँदै कैलाली पुगिसकेका छन् । 

 

हाल २१ वर्षको उमेरमा रिहा भएका उनी स्नातकतह दोस्रो वर्षमा अध्ययन गरिरहेका छन् । रिहापछि कुराकानीकाक्रममा संवाददातासँग उनले प्रश्न र आक्रोश पोखिरहे । ‘राज्य निमुखा र निम्न वर्गकोे होइन रहेछ’ चौधरीले भने ‘सोझा, निमुखा थारुको बच्चालाई फँसाएर ८ वर्ष जेल कोच्यो ।’

 

 

चौधरीका अनुसार भदौ ७ का दिन उनी एक साथीसँग टीकापुर पुगेका थिए । त्यसपछिको भागदौडमा दुबै घर फकिए । तर केही दिनपछि ७ प्रहरीलाई लखेटी–लखेटी मारेको आरोपमा उनको खोजी हुन थाल्यो । 

 

‘तत्कालीन समयमा १५ वर्षको मैले सात प्रहरीलाई लखेटेर मारेको भन्ने अभियोजन अदालतले पत्यायो’ चौधरी भन्छन् ‘अहिले बुझ्दैछु त्यो समय थारुमाथि हदैसम्म ज्यादती गरिएको रहेछ ।’

 

उनका अनुसार थरुहट आन्दोलन र रेशम चौधरीबारे केही जानकारी थिएन । ‘मैले रेडियोमा रेशम चौधरी भन्ने नाम सुनेकोमात्रै थिए’ सकल भन्छन् ‘त्यहाँ हो–हल्ला हुन थालेपछि डराउँदै हामी फर्केर आयौं ।’

 

चाैधरी र साथी त फर्किए तर १५ गते ‘प्रहरी मारेको’ भन्दै सकललाई खोज्न गाउँमा प्रहरी पुगिसकेको थियो । प्रहरीले गाउँ घेरेर धरपकड गर्न थालेपछि सकल भागेर भाउजुको घर लुकेर बसे । 

 

परिवार र पुरै गाउँलेलाई प्रहरीले सताउन थालेपछि सकलले २५ गते सरेन्डर गरेका रहेछन् । त्यसपछि सुरुभयो उनीमाथि एकोहोरो यातना । ‘मैले प्रहरीको सक्कली अनुहार त्यसपछि थाहा पाए’ चाैधरीले प्रहरी कार्यालयमा

 

बिताएको विगत सम्झँदै भन्छन् ‘डिएसपीको कमाण्डमा ४ प्रहरीले दिएको यातना झेल्न नसकेपछि उनीहरुले तयार पारेको बयानमा सही गर्न बाध्य भए ।’

 

प्रहरीले उनलाई पक्राउ गरेपछि यातना दिँदै आफुले तयार पारेको बयानमा सही नगरे बुवा आमालाई पक्रेर ठिक पार्ने चेतावनी बाराम्बार दिएपछि चाैधरी गलेछन् । त्यसपछि प्रहरीले भिडियो खिचेर त्यही बोल्न लगाएछन् जुन प्रहरीले पहिल्यै लेखेका थिए ।

 

‘बयानमा के लेखेको थियो, याद छ ?’ चाैधरीकाे जवाफ छ ‘टीकापुर हत्याकाण्डको नाइके रेशम चौधरी हो । र, मैलेपनि ७ प्रहरीलाई लखेटी–लखेटी मारेको हो ।’ पछि सरकारी वकिलको कार्यालय र अदालतमा पनि सोही बयान घोकेर भन्न बाध्य पारिएको उनले सुनाए । 

 

‘म ९ कक्षामा पढ्दै गरेको १५ वर्षको ठिटोले ७ जना प्रहरीलाई लखेट्दै मारेको भनेर अदालत, राज्यले पत्यायो, तर वास्तविकता बुझ्नेतिर कोही लागेन’ उनी दुखी देखिए । 

 

उनले आफुलाई त्यसबेला खास के भइरहेको छ र किन टीकापुरमा मान्छेको सागर ओइरियो भन्ने कुनै जानकारी नभएको सुनाए । ‘मलाई फसाइयो’ सकल भन्छन् ‘रेशमलाई मैले पोलेको हो तर प्रहरीले किन जबर्जस्ती उसको नाम लिन लगायो जवाफ खोजिरहेको छु ।’

 

अब आगामी दिनको योजना के छ? चौधरी भन्छन्, ‘पढाइको निरन्तरता र समाजसेवा ।’

 

कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका दौरान नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको पनि मृत्यु भएको थियो ।

 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्